यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्डको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका रजिस्ट्रार तथा अस्पतालका अध्यक्ष श्री राजेश प्रसाईको शभाध्य्क्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्रि तथा प्रतिष्ठानका सहकुलपति श्री उत्तम जोशीज्यू बाट समुद्घाटन भएको हो । कार्यक्रममा प्रतिष्ठानका उपकूलपति, शिक्षाध्यक्ष, डीन, संयोजक, अस्पतालका मे.सु., व्यवस्थापन समितिका सदस्यज्यूहरु, पत्रकार तथा विभिन्न कार्यालय तथा संघ-संस्थानबाट प्रमुखज्यूहरुको सहभागिता रहेको थियो । हेटौंडा अस्पतालमै मनोचिकित्साको OPD संचालनमा रहेता पनि आजबाट वार्ड पनि सुरुवात भएको छ ।